नेपालमा पहिलो पटक महिला टि–२० क्रिकेट लिग हुँदै, अभिनेत्री रेखा थापाले खरिद गरिन् काठमाडौं सुपर च्याम्पियन्सलाई

काठमाडौं, ४ चैत । नेपालमा पहिलो पटक आयोजना हुन लागेको एनसीएल महिला टी–२० प्रतियोगिताका चार टिमका मालिक र मार्की खेलाडीको घोषणा भएको छ ।

एनसीएल महिला टी–२० प्रतियोगिताका लागि नेपालकी चर्चित अभिनेत्री रेखा थापाले पनि महिला लिगका लागि टिम खरिद गरेकी छिन् ।

अभिनेत्री थापाले महिला क्रिकेट २० प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिमको स्वामित्व खरिद गरेकी हुन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनका दौरान अभिनेत्री थापाले “आफू १४ वर्षदेखि महिला दिदी बहिनीहरुको क्षेत्रमा काम गर्दै आएको र अब नेपाली महिला क्रिकेटरहरुको बिकास गर्नुका साथै नेपाली महिला क्रिकेटलाई एक उचाईमा पुर्याउन आफ्नो तर्फबाट उल्लेख योगदान दिनका निमित्त महिला टिम खरिद गरेको बताएकी छिन् ।

‘आयोजकले प्रस्ताव टिम खरिद गर्न प्रस्ताव गरेकाले मैले पनि महिला क्रिकेटमा योगदान दिन सक्छु भन्दै काठमाडौंको टिम खरिद गरेकी हुँ’ , उनले भनिन् । एनसीएल स्पोर्टस् प्रालिको आयोजनामा पहिलोपटक महिला टि–२० क्रिकेट लिग हुन लागेको हो ।