अपराध नै नुहुने भानिएको देशमा दिनदहाडै गोली प्रहार हुँदा कैयौं मानिस घाइते !

एजेन्सी, ४ चैत्र । संसारकै सबैभन्दा कम अपराध दर हुने भनिएको नेदरल्याण्डको उट्रेच शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा केही नागरिकहरु घाइते भएको खबर छन् ।

घटनाम कसैको पनि ज्यान गएको जानकारी भने आएको छैन । प्रहरीले आकस्मिक सेवा सुरु गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार आतंकवाद नियन्त्रण फोर्सलाई पनि सक्रिय बनाइएको छ । घटनास्थलमा एम्बुलेन्स र अस्पताललाई अलर्टमा राखिएको छ ।

पुलिसले घटनास्थल घेरेर राखेको जनाएको छ । यद्यपि अपराधीहरु भने फरार हुन सफल भएका छन् । पुलिसले घटनास्थल नियन्त्रणमा रहेको र अपराधीको खोजी भइरहेको जनाएको छ । ने

दरल्याण्डमा केही महिनाअघि मात्र जेलमा एउटा पनि कैदी नभएको रिपोर्ट सार्वजनिक भएको थियो । जेलको नै काम नभएको विश्लेषण गरिएको देशमा एक्कासी गोलीकाण्ड हुनुलाई भर्खरै न्यूजिल्याण्डमा भएको नश्लवादी आक्रमणसँग जोडेर हेरिएको छ ।