दुई साता लामो उपचारपश्चात पूर्वमुमाबडामहारानी रत्नराज्य डिस्चार्ज

काठमाडौं, ४ चैत । पुर्वराजा ज्ञानेन्द्र शाहकी ममतामयी माता पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह डिस्चार्ज भएकी छन् ।

फागुन २१ गते अचानक अस्वस्थ भएपछि उनी थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएकी उनि दुई साता लामो उपचारपछि सोमबार बिहान उनी डिस्चार्ज भएकी हुन् ।

पूर्वराजपरिवारले रत्नको उपचारमा संलग्न चिकित्सक, अस्पताल व्यवस्थापन र शुभेच्छा प्रदान गर्ने सबैमा धन्यवाद दिएको छ ।

आमा रत्न हस्पिटल भर्ना भएसँगै पूर्वराजा ज्ञानेन्द्र शाहले तराईको भ्रमण बीचमै रोकेर काठमाडौं फर्केका थिए । उनले अघिल्लो सातादेखि पुनः मध्य तराईको भ्रमण गरेका छन् ।