धोका दिने प्रेमिकासँग बदला लिन यी युवकले निकाले गजबको आइडिया ! (भिडियोसहित)

जाकार्ता, ४ चैत्र । इण्डोनेशियामा आफूलाई धोका दिेने प्रेमिकालाई तह लगाउन एक युवकले निकै गजबको आइडिया निकालेका छन् ।

ती युवकले प्रेमिकासँग बदला लिन शहरको बीच चोकमा ठूलो होर्डिङ बोर्ड लगाइदिए । होर्डिङ बोर्डमा उनले युवतीको डूलो फोटो राखे र लेखे ‘तिमीले मेरो दिल तोड्यौ, तिमीले मलाई धोका दियौ, म तिमीसँग ब्रेकअप गर्न चाहन्छु ।’

यो घटनाको भिडियो ट्वीटरमा भाइरल भइरहेको छ । भिडियोमा होर्डिङ बोर्ड नजिकै युवक उभिएका छन् । गर्लफ्रेण्डसँग उनको झगडा भइरहेको छ । उनीहरुको झगडालाई अर्को युवकले साम्य पार्ने कोशी गरिरहेका छन् । भिडियोमा युवती निकै चिन्तित देखिएकी छिन ।

यस भिडियोबारे सामाजिक संजालमा यसबारे मिश्रित प्रतिक्रिया आएको छ । केहीले बदला लिने यो तरिकालाई सही भनेका छन् भने केहीले गलत भनेका छन् ।

भिडियो हेर्नुहोस्–