नयाँ वर्षकाे पहिलाे दिन भारतमा मात्रै जन्मिए झन्डै ७० हजार बच्चा !

एजेन्सी, १८ पुस । नयाँ वर्ष २०१९ को पहिलो दिन भारतमा विश्वभरकै सबैभन्दा बढी बच्चा जन्मिएका छन् ।

संयुक्त राष्ट्रसंघको युनिसेफले दिएको जानकारी अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात जनवरी १ मा करिब ७० हजार बच्चा भारतमा जन्मिएका हुन् ।

यो संख्या उक्त दिन विश्वभर जन्मिएका बच्चाहरुमध्ये करिब १८ प्रतिशत हो ।

उक्त दिन विश्वभर तीन लाख ९५ हजार ७२ जना जन्मिएका थिए भने भारतमा मात्रै ६९ हजार ९ सय ४४ बच्चा जन्मिएका थिए । यस्तै युनिसेफका अनुसार चीनमा ४४ हजार ९ सय ४० र नाइजेरीयामा २५ हजार ६ सय ८५ जना जन्मिएका थिए ।