शुक्रबार मात्रै रिलिज गरिएको चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत ‘जीन्दगी नै भन्दिन’ युट्युब ट्रेडिङको नम्बर वानमा पर्न सफल (भिडियो सहित)

काठमाडौँ , ४ चैत्र । चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत ‘जीन्दगी नै भन्दिन’ युट्युब ट्रेडिङको पहिलो नम्बरमा परेको छ ।

शुक्रबार मात्रै युट्युब मार्फत सार्वजनिक गरिएको उक्त गीत युट्युब ट्रेडिङको पहिलो नम्बरमा पर्न सफल भएको हो ।

एक नारायण भण्डारीको शब्द र आशिस अबिरलको संगीतमा रहेको उक्त गीतलाई सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

एच बि एन किस्मतको मिक्सिङमा तयार भएको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

निकै रोमान्टिक बनेको गीतको म्यूजिक भिडियोमा डेब्यु नायिका सुहाना थापा र अनमोल केसीले रोमान्स गरेका छन् ।

भिडियो हेर्नुहोस्-