अमेरिकाले पनि बचाउन सकेन मनोहर पर्रिकरलाई, को हुन् पर्रिकर ? पढ्नुहोस्

एजेन्सी, ४ चैत्र । भारतीय राज्य गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

६३ वर्षे पर्रिकरको निधनको सूचना भारतका राष्ट्रपति रामनाथ कोविंदले ट्वीटरमार्फत दिएका हुन् ।

यसअघि गोवाको मुख्यमन्त्री कार्यालयले पर्रिकरको स्वास्थ्य अवस्था निकै जटिल रहेको भन्दै चिकित्सकहरुले उपचार गरिरहेको बताएको थियो ।

पर्रिकरलाई गत वर्षमात्रै प्यान्क्रियाटिक क्यान्सर भएको थियो । क्यान्सर भएपछि उनको स्वास्थ्य केही महिना यता बिग्रिदै गएको थियो । उनको भारतका विभिन्न अस्पताल र अमेरिकामा समेत उपचार भएको थियो ।

तीनपटक गोवाका मुख्यमन्त्री बनेर पर्रिकरले २०१४ मा मोदी क्याबिनेटमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । २०१७ मा उनले गोवाको आवश्यकता भन्दै केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए । २०१७ मार्चमा उनी चौथौपटक गोवाका मुख्यमन्त्री बनेका थिए ।