गाडी चलाउँदै मोबाइल चोलाउने २९ हजार चालक कारबाहीमा

काठमाडौं, ४ चैत्र । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजार बढी चालक कारबाहीमा परेका छन् ।

आर्थिक वर्ष २०७४–७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३०३ चालक कारबाहीमा परेका छन् ।

उनीहरुबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजस्व उठाएको समाचारमा जनाइएको छ । यो कारबाहीमा कम्तीमा ५ सय जरिवाना तोकिएको छ ।