आखिर किन र्‍यापर भिटेनमाथि दर्शकले दुंगा प्रहार गरे ? (भिडियो सहित)

काठमाडौँ,१८ पुस । र्यापर शैलीमा गीत गाएर युवापुस्तामाझ लोकप्रिय बनेका र्यापर भिटेन माथि स्टेजमै ढुंगा प्रहार भएको छ ।

पोखरा सडक महोत्सवमा आयोजना गरिएको कन्सर्टमन उनी माथि ढुंगा प्रहार भएको हो ।

अन्य कलाकारको भन्दा छुट्टै गायन शैली र छुट्टै हुलिया भएको कारण युट्युुबमा हिपहिप शैलीबाट परचित रहेका भिटेनको ‘गरिबु’, ‘चुरोट’, ‘बैनी’, ‘लफङ्गा’, ‘खलासी’ लगायतका आधा दर्जन भन्दा बढी हिट गीतहरु रहेका छन् । जसमध्ये ‘सिमसिमे पानीमा’बोलको गीत रातारात ट्रेडिङमा आएपछि कपिराइट भएको कारण युट्युबबाट नै हटाइयो ।

यसरी आफ्नो कला प्रस्तुत गरिरहँदा दर्शकमाझबाट भिटेनमाथि एक्कासी ढुङ्गा प्रहार भएपछि कन्सर्टमा नै उनि रोएका छन् । यो पटक मात्र हैन् भिटेन यस्तो समस्यामा बेलाबेलामा परिहने गरेका छन् । आखिर दर्शक स्रोताले यत्ति धेरै मन पराइदिएका भिटेनभितेंमाठी किन ढुंगा प्रहार गरेका होलान् ? कारण कसैलाई थाहा छैन ।