विप्लव नेतृत्व नेकपाका पोलिट्ब्युरो सदस्य मोहन कार्कीबिरुद्ध राज्यद्रोहको मुद्दा दर्ता

काठमाडौं, ३ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई राज्यद्रोहको मुद्दा लगाइएको छ ।

चैत १ गते राति ललितपुरबाट पक्राउमा परेका उनलाई राज्यविरुद्धको संगठित अपराध (राज्यद्रोह) सम्बन्धी मुद्दा लगाइएको हो ।

कार्कीबिरुद्ध काठमाडौं जिल्ला अदालतबाट अनुसन्धान म्याद लिइएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनी बिरुद्ध ५ दिन अनुसन्धान म्याद लिएर कारबाही अघि बढाएको छ । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले उनीबारे अनुसन्धान भइरहेको बताए ।