साप्ताहिक रासिफल : चैत्र ०३ गते आईतबार देखी चैत्र ०९ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

साताको शुरु र अन्तको समय मध्ययम रहेकोले खानपानमा अलमलिदा वा काम बिनाको भेटघाटले आफ्नो काम थाति रहनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काम गर्र्ने अवसर आयपनि उपलब्धि भने न्युन हुनेछ भने राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । मंगलबार र बुधबारको समय राम्रो रहेकोले अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)

बुधबार सम्मको समय मध्ययम रहेकोले सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ भने प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । बिहिबारबाट भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुँने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुने हुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ । राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । बिहिबारबाट समय मध्ययम रहेकोले आफन्त तथा दाजुभाई सँग मनमुटाब सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान नदिए खर्च बढ्नेछ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

अध्ययन तथा अध्यापनमा मन नजादा हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि उत्साहित हुँदा चाहेजस्तो उपलब्धि हासिल नहुँन सक्छ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । तापनि बिदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । बिहिबारबाट समय राम्रो रहेकोले नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ भने नसोचेको ठाउबाट धन आगमन हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

समय मध्ययम रहेकोले आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला । राजनिति तथा समाजसेवामा जनताको आलोचनासहितको समर्थन प्राप्त हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

तुला ( रा, री रु, रे, रो, ता, ती, तू ,ते)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । मंगलबार र बुधबारको समय राम्रो रहेकोले नया प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ । शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा तरल पदार्थको व्यापार फस्टाएर जानेछ भने आफन्त तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग मार्फत आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

समय राम्रो रहेकोले नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक यात्राका प्रशस्त सम्भावना रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काम गर्दा ख्याल गर्नुहोला । मंगलबार र बुधबारको समय उत्तम रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ भने मन्दिर तिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरि राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवन साथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने समय रहेकोछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

साता मध्ययम रहेकोले समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । भौतिक सामान तथा बिलाशी सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने अध्ययन तथा अध्यापनमा सफलता हात लाग्ने हुँनाले घर परिवार तथा आफन्त जनहरु खुसि हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । पुराना लेनदेन तथा पुराना अल्झिएर बसेका कामहरु फत्ते गर्न सकिनेछ । आफन्त तथा मावलीपक्षसँग मिलेर गरिने कुनैपनि कामहरु स्वत स्फुर्त रुपमा अगाढि बढ्नेछन् । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् । खर्च बढेपनि राम्रा कामहरु गर्न सकिनेछ । साताको अन्त तथा शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ ।

तपाईको दिन शुभ रहोस ।