आजको राशिफल : वि.सं.२०७५ साल चैत्र ०४ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च १८ तारिख

वि.सं.२०७५ साल चैत्र ०४ गते । सोमबार । ईश्वी सन् २०१९ मार्च १८ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि दुवादशी,२० घडी ५४ पला,दिउसो ०२ बजेर ३५ मिनेट उप्रान्त त्रयोदशी । करण वालव,दिउँसो ०२ बजेर ३५ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर २२ मिनेट उप्रान्त तैतिल । नक्षत्र अश्लेषा,३२ घडी २३ पला,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त मघा । योग सुकर्मा,३१ घडि ५५ पला,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त धृति । आनन्दादिमा सौम्य योग । चन्द्रराशि कर्कट,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त सिंह । सोम–प्रदोष व्रत। गोविन्द द्वादशी। काठमाडौंमा सूर्योदय ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३० घडी ०० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय राम्रो रहेकोले पहिले तपाई सँग प्रतिष्पर्धा गर्नेहरु सहयोगी भई आउनेछन् । व्यावसाय फस्टाएर जाने हुनाले आम्दानि बढेर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खराब साथिहरुको सल्लाह मान्दा कामहरु बिग्रने सम्भावना रहेकोछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले पिरोल्ने भए पनि दैनिक कामकाजमा खासै असर गर्ने छैन । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । कामहरु समयमा सम्पादन नहुँने तथा व्यापार व्यावसायमा नाफा कमाउँन निकै संघर्ष गर्नु पर्नेछ भने सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच अनाबस्यक बिषयमा बिवाद सिर्जना हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । सम्मानिम ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु अर्थहिन हुनेछन् । समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने उपलब्धिमुलक शैक्षिक यात्राको तय गरि प्रगति पथमा लम्कन सकिनेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् । जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ । खर्चको तुलनामा आम्दानि बढिनै हुदा आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि भने समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।