कपालमा मेहेन्दी लगाउने गर्नुभएको छ ? होसियार ! यसको डरलाग्दो असर सिधै तपाइंको स्वास्थ्यमा पर्नेछ !!

काठमाडौँ, ३ चैत्र । पछिल्लो समय कपालमा मेहेन्दी नलगाउने मानिस सायद कमै होलान । बजारमा सजिलै उपलब्ध हुने विभिन्न रङको मेहेन्दीमध्ये सबैले आ-आफ्नो रोजाईअनुसारको मेहेन्दीले कपाल रंग्याउने चलन छ । तर हामीलाई थाहा हुँदैन कि हामीले सुन्दरताको लागी लगाउने मेहेन्दीले हाम्रो स्वास्थ्यमा कस्तो असर पुगिरहेको छ भनेर ।

हामीले लगाउने मेहेन्दीमा विभिन्न रसायनिक पदार्थ मिसाइएको हुन्छ । यसले मानिसको सुन्दरतामा निखार ल्याउनु भन्दा पनि झन् धेरै असर पारिरहेको हुन्छ । त्यसकारण आज हामी तपाईंलाई मेहेन्दी प्रयोग गर्दा स्वास्थ्यमा कस्ता किसिमका असर पर्छन् भन्ने बारेमा जानकारी दिन लागिरहेका छौ ।

१. हेयर कलरको प्रयोगले कपालको पौष्टिक तत्व नास हुन्छ । जसले कपाल झर्ने समस्या उत्पन्न हुन्छ।

२. हेयर कलरहरुबाट आउने वास्नाले हाम्रो फोक्सोमा असर पुर्याउन सक्छ ।

३. मानिसको संवेदनशिल अङ्ग मानिने आँखामा हेयर कलरले नराम्रो असर गर्दछ। साथै यसले आँखा पोल्ने र दुख्ने समस्या उत्पन्न हुन्छ ।

४. हेयर कलरहरुमा धेरै केमिकलहरु प्रयोग हुने भएकोले यसले केहि मानिसको छालामा एलर्जी हुन सक्छ ।

५. धेरै हेयर कलरहरु प्रयोग गर्ने मानिसहरुमा क्यान्सरको खतरा हुन सक्दछ ।

६. हेयर कलरहरुको प्रयोग गर्नाले कपालमा चाँया पर्छ ।

७. अनुहारमा दाग र एलर्जी आउन सक्छ ।