जिम्बावेमा प्राकृतिक प्रकोप : आँधी र बाढीबाट ३१ जनाको मृत्यु, डेढ सय बेपत्ता, सयौं बिस्थापित !

एजेन्सी, ३ चैत्र । जिम्बाबेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३१ जनाको मृत्यु भएको छ भने १ सय ५० जनाभन्दा बढी व्यक्ति हराएका छन् ।

आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ । आँधी र आँधीपछि आएको बाढीले ४० घर बगाएको छ ।

यस्तै, बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको छ । यसअघि, गत हप्ता भएको अत्यधिक वर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित भएका थिए ।