१० बर्षदेखि डढेको चिया बेचेरै करोडपति बनिन् सुमित्रा शर्मा ! (भिडियोसहित)

काठमाडौं, २ चैत्र । स्याङ्जा स्थायी घर भएकी सुमित्रा शर्मा आफ्नो परिवार सहित २५ बर्ष अघिदेखि पोखरामा बस्दै आएकी छिन् । उनले पोखरामा चिया पस्सल संचालन गरेकी छिन् । बिहान ५ बजेदेखि सुमित्राको ग्यास बल्न सुरु गर्छ राती अवेरसम्म ग्याँसमा दुध पाकिरहेको हुन्छ ।सुमित्रा शर्माको खाजाघरको नाम दिप फ्रेण्डसिप खाजा घर हो तर यो नामले कसैले पनि चिन्दैनन् ।

पोखराको बजारमा डढेको चिया पाउने वा मिठो चिया पाउने ठाउँ भन्यो भने अधिकांशले चिनिहाल्छन्। उनकोमा चिया पिउन आउने अधिकांश सधै आईरहने ग्राहक छन् वा भनौ न एक पटक सुमित्राको हातले पकाएको हातको चिया खाएपछि जो कोही फर्की फर्की आउने गर्दछन् ।

पोखरामा सुमित्राले बनाएको जस्तो चिया अन्यत्र नपाईने भएकाले सुमित्राको डढेको चियाले अहिले बजार पाईरहेको छ । सुमित्रालाई बरु धेरैले याद नगर्लान् तर उनको डढेको चिया सम्झेर मानिसहरु फर्केर आउने गर्छन् ।

भिडियो हेर्नुहोस्-