काठमाडौ महानगरपालिकाको भब्य प्रतिनिधि सभा सम्पन्न

-सुशिल खनाल

 चैत्र २ काठमाडौं। नेपाल शिक्षक संघ काठमाडौ महानगरपालिकाले आज प्रथम स्थानिय प्रतिनिधि सभा सम्पन्न गरेको छ। “ शिक्षकको मर्यादित पेसा, विद्धार्थीलाई जीवनपयोगी शिक्षा” भन्ने मूल नाराका साथ काठमाडौ महानगरपालिका वार्ड नं २९ स्थित पद्मकन्या विद्दाश्रम मा बि डिल्लीबजारमा भब्यताका साथ सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि काठमाडौ जिल्लाका नेपाली कांग्रेस सभापति कृष्ण सबुज बानिया र बिशिष्ट अतिथिको रुपमा शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले शिक्षकलाई निर्भिकताका साथ गुणस्तरिय शिक्षा पर्दान गरी संघको गरिमा उचो राख्न आग्रह गर्नुभएको थियो। त्यसैगरी शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुबेदीले सरकार र महासंघबिचको बार्ता र त्यसका सहमतिका बारेमा जानकारी गराउदै कुनै पनि हालतमा शिक्षकको हकहितका लागि सहमति गर्ने र कसैको दबाबमा नपर्ने जानकारी गराउदै ढुक्कका साथ अगाडि बढ्न निर्देशन दिनुभएको थियो। शिक्षकको सेवा सुबिधा लगायत पेसागत हकहितमा संघिय सरकार जिम्मेबार रहने र शिक्षक महासंघ पनि त्यसको जिम्मेबार रहने । स्थायी शिक्षकमा तहगत बढुवा गर्दै कम्तिमा २०% स्थान राख्ने, एक बर्ष पुग्दै ग्रेड थप्ने सहमति भएको छ। शिक्षकका लागि केन्द्रमा एउटा अस्पताल निर्माण गर्ने र बिस्तारै सातै प्रदेसमा अस्पताल निर्माण गर्ने सहमति भएको छ। राहत र ईसिडी शिक्षकको हकमा शिक्षक महासंघले सहमति गरे अनुसार नै गर्ने र पछि प्रतिशत निर्धारण गर्ने सहमति गरिएको छ। त्यसैगरी स्थानिय तहबाट भएका ज्यादतिबिरुद्ध महासंघ बाध्य भएर अधिकारलाई संघीय ढाँचामा राख्न लडिराख्ने र त्यसका लागि जस्तोसुकै कदम चाल्न पनि महासंघ पछि नपर्ने भन्दै शिक्षक हरुलाई आस्वास्त पार्नुभएको थियो।

त्यसैगरी नेपाल शिक्षक संघका प्रभावशाली व्यक्तित्व तथा उपमहासचि सुन्दर पन्तले आफ्नो कार्यकाल सकिदा गठन भएका नगरपालिकाको नेतृत्वले संघलाई चुस्तदुस्त रुपमा अगाडि बढाएकोमा खुसी ब्यक्त गर्दै महानगरअध्यक्ष नारायण गौतम सहित सिङ्गो टिमको उच्च प्रशंसा गर्नुभएको थियो। सोहि अबसरमा नेपाल शिक्षक संघका सदस्यलाई सहुलियत रुपमा औषधीपचार गर्ने गरी बि पि, महेन्द्रनारायण निधि तथा गणेसमान अस्पतालसंग छलफल भएको जानकारी दिदै आफ्नो रणनीति र कार्यक्रमलाई निरन्तरता दिन सुझाब दिनुभयो। र सोही अबसरमा उहाँले काठमाडौका कुनै पनि विद्धालय मर्जर नहुने खुलासा गर्दै चिन्ता नगर्न आग्रह गर्नुभयो। प्रदेस नं ३ का अध्यक्ष नारायण प्रसाद तिमिल्सिनाले नेपाली कांग्रेसले शिक्षक संघलाई शुभेच्छुक सस्थाको रुपमा लिन नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसैगरी शिक्षक संघबाट नेता बन्नुभएका महासंघका महासचिवलाई शिक्षकको हकहित भन्दा एक ईन्च पनि बाहिर जान नपाउने भन्दै हरेक शिक्षकको हकहित गर्दै सहमति कार्यान्वयन गर्न ध्यानाकृष्ट गर्नुभएको थियो।

कार्यक्रममा महानगरपालिकाका अध्यक्ष नारायणप्रसाद गौतमले अध्यक्षको प्रतिबेदन सार्वजनिक गर्दै समग्र महानगरपालिकाको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो। तप्त बहादुर रावतले सचिवको तथा शिवराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। महानगरपालिकाका सचिव तप्तबहादुर रावतको सञ्चालन तथा नारायणप्रसाद गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सोही अवसरमा शिक्षक संघलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ५ जना शिक्षक रिता तिवारी, हरिकृष्ण श्रेष्ठ, शुदर्सन कट्टेल, खिलकुमार प्रधान, सुमन शाक्य सम्मानित हुनुभएको थियो।