मलाइ खोज्नु परे याहाँ आउनु भन्दै साथीलाई एसएमएस गरेर डाक्टर पढ्दै गरेका २४ वर्षीय युवकले फेवातालमा हाम फालेर गरे आत्महत्या !

काठमाडौँ , २ चैत्र । शनिबार बिहान पोखराको फेवातालमा हाम फालेर एक युवकले आत्महत्या गरेका छन् ।

पोखराको गण्डकी मेडिकल कलेजमा डाक्टर पढ्दै गरेका म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशीर केसीली आत्महत्या गरेका हुन् ।

केसीले-‘मलाई खोज्न परे यहाँ आउनु’ भनेर साथीलाई एसएमएस गर्दै पोखरा १८ सेदीबगर नजिकै हाम फालेर आत्महत्या गरेको बताइएको छ ।

आज बिहान करिब १० बजे तालमा डुबेका उनको शव उद्धार गरि पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकरी दिए ।

उनले तालमा हाम फालेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता गुरुङले बताए ।