आफ्नै पतिले यी महिलाको गुप्तांगमा स्टिलको गिलास हालिदिएपछि… !

एजेन्सी, २ चैत्र । भारतको बिहारमा एक डरलाग्दो घटना सार्बजनिक भएको छ । बिहार मुजफ्फरपुरकी एक महिलालाई गम्भीर अवस्थामा अस्पताल पुर्याइयो, जुनबेला उनि बेहोस् थिइन् । जब उनि होसमा आइन् बाहिरियो एक डरलाग्दो तथ्य । यस तथ्यले ती महिलाका श्रीमानले पहिले भनेका कुरा सबै झुटो साबित गरिदिएको छ ।

वास्तवमा ती महिलाको गुप्तांगमा उनकै पतिले स्टिलको गिलास हालिदिएको खुलेको छ । त्यसअघि भने उनका पतिले अञ्जान ३ जना व्यक्तिले पत्नीलाई बलात्कार गरेको झुटो कहानी सुनाइरहेका थिए ।

पिडित महिलाका अनुसार उनका पतिले गुप्तांगमा गिलास हालिदिएर उनलाई तड्पिरहेको अवस्थामा छोडेर गएका थिए । त्यसपछि उनलाई आसपासका मानिसहरुले देखेर अस्पतालमा भर्ना गराएका थिए । अस्पतालमा डाक्टरहरुले अपरेशन गरेर गिलास निकाले । त्यसअघि उनका पतिले तीन जनाले बलात्कार गरेको झुटो कहाी सुनाउँदै स्थानीय, प्रहरी र मिडियालाई पनि भ्रमित पारेका थिए ।

शुक्रबार होसमा आएपछि महिलाले प्रहरीलाई दिएको बयानमा आफ्ना पतिमाथि नै आरोप लगाएपछि प्रहरीले पतिलाई पक्राउ गरेको छ । महिलाका अनुसार बुधबार साँझ उनकी बहिनी प्रसाद लिएर उनलाई भेट्न आएकी थिइन् । त्यही समयमा उनका पति रिसाउँदै घरमा आए । उनलाई छुट्टै कोठामा बोलाएर कुटपिट गर्न थाले । महिलाका अनुसार उनका पतिले त्यस दिन राती करिब १० बजेतिर गिलास हालिदिएका थिए ।

सिटी एसपी राकेश कुमारका अनुसार पारिवारिक विवादका कारण महिलाका पति रामकुमार साहनीले यो घृणित कार्य गरेको खुलेको छ । यसअघि उनका पतिले धानको खेतमा जम्मा गरेको धानको रखवारी गरेर बस्ने क्रममा रातमा मुखमा कपडा बाँधेर आएका ३ जनाले उनकी पत्नीलाई बलात्कार गरेको बयान दिएका थिए । पुलिसले उनका पतिमाथि मुद्दा चलाइ थप अनुसन्धान गरिरहेको छ ।