राष्ट्रपति भण्डारीको लागि बिच्छ्याइएको रेड कार्पेटमा सर्प हिंडेपछि …!(फोटो फिचर)

काठमाडौं, १ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यक्रम थियो । न्यूयोर्कमा आयोजित वुमन इन पावर सम्मेलनलाई सम्बोधन गरेर फर्किएकी उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थलतर्फ जाँदै थिए । ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखा पर्‍यो ।

त्यो देखेर त्यहाँ उपस्थित व्यक्तिहरु मुखामुख गदै सर्पले देखाएको रमितामा रमाउन थाले । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले ।

केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीको त्यहीँ कार्पेटमा स्वागत भयो ।

तस्बिर हेर्नुहोस्-

 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार राष्ट्रपति सवारीका लागि बिछ्याइएको रातो कर्पोटमा हिँड््दै गरेको सर्प । तस्वीर ः रत्नकृष्ण श्रेष्ठ, रासस