यस्तो अवस्थामा अत्तरियामा एक शव फेला, हत्या गरिएको आशंका

कैलाली,२ चैत्र । शनिबार बिहान कैलालीको अत्तरियामा एकजनाको शव फेला परेको छ ।

जिल्लाको गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटो पुलको नजिकै शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यँहा फालेको हुन सक्ने प्रहरीले जनाएको न्युज-२४ ले समाचार छापेको छ ।

घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको भन्दै अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिल्सिनाले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाइ छ ।