बीच सडकमा गोलि हानि हत्या गरिएकी महिलाको शरीर पोस्टमार्टमका लागि लैजान लाग्दा जे भयो त्यो देखेर प्रहरी नै चकित ! (भिडियो सहित)

केली, २ चैत्र । कोलम्बियाको केली शहरमा एउटा यस्तो घटना घट्यो, जसलाई देखेर पुलिस नै दङ्ग परेको छ । ३३ वर्षकी केरमन एन्ड्रा केंडेज नामकी एक महिलालाई कसैले दिनदहाडै बीच सडकमा गोली हानिदियो । गोली लागेर ढलेकी महिलाको शरीरमा कुनै हलचल थिएन । त्यसपछि स्थानीयले पुलिस बोलाए । पुलिसलाई लाग्यो उनको मृत्यु भइसकेको छ । त्यसैले पुलिसले आसपासका सुरागहरु जुटाउन थाल्यो । पुलिस घटनास्थल पुग्दासम्म उनको शरीर सडकमै थियो ।

एक पुलिस अफिसरले उनको शरीरको अवस्थिति दर्शाउनका लागि मार्कर लगाउँदै थिए यत्तिकैमा उनलाई लाग्यो कि महिलाको हात हल्लिरहेको छ । पहिले त उनलाई लाग्यो कि यो भ्रम हो तर पुनः अर्को पटक हात हल्लिएपछि भने उनले बुझे कि महिला जीवित छिन् । घटना त्यहाँको पुलिस कारवाहीको भिडियो बनाइरहेका एक व्यक्तिको क्यामेरामा रेकर्ड भयो ।

स्टेट हेल्थ सेक्रेटरी नेल्सन सिनिस्टेराका अनुसार महिलालाई तत्काल अस्पताल लगियो । डाक्टरले अहिले महिलाको हालत स्थिर भएको बताएका छन् । महिला खतरामुक्त भएको बताइएको छ । पुलिस यो घटनाको जाँच गरिरहेको छ । पुलिसलाई अब महिला ठिक हुने प्रतिक्षा छ ताकि उनीसँग सोधेर आरोपीको बारेमा केही जानकारी पाउन सकियोस् ।

भिडियो हेर्नुहोस् –