पूर्वप्रेमिकालाई निकले पठाएको मेसेज प्रियंकाले देखेपछि…!

मुम्बई, १ चैत्र । केहि समयअघि विवाह बन्धनमा बाधिँएका अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विभिन्न कारणले निकै चर्चा चलिरहेको छ ।

विवाहपछि अमेरिकामा बस्दै आएका यी जोडीको पछिल्लो समय भने निक जोनसकी पूर्वप्रमिका माइली साइरसका कारण चर्चा भइरहेको छ ।

अभिनेत्री प्रियंका चोपडासँग गायक निक जोनसले विवाह गर्नु अघि माइलीसँग डेट गर्ने गर्थे । यस्तै निकको बिबाह पछि माइलीले केही दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो ।

उक्त तस्बिरमा माइलीले लगाएको टिसर्टमा जोनसको तस्बिर भएको रहेको थियो । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले लेखिन् ‘जब तपाईका पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो ।’

कमेन्टमा निकले लेखे ‘यो तस्बिर निकै हट छ’ । त्यसपछी यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा।।। ‘हबी’ सही हो । यो फोेटो वास्तवमै हट छ ।’