तत्काल राजीनामा दिन रेणु दाहाललाई जनपरिषद्ले पठायो यस्तो पत्र ! (पत्र सहित)
काठमाडौ, १ चैत्र । नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर रेणु दाहाललाई पत्र पठाएर राजीनामा दिन लगाएको छ ।
जनपरिषद्ले पठाको पत्रमा राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने नेकपाको चेतावनी छ ।
जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् ।
‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरूको तीव्रता बढीरहेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह छ’, पत्रमा भनिएको छ ।
नेकपाले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । सोहि क्रममा भरतपुरकी मेयर दाहाललाई पनि राजीनामा दिन भनेको हो ।
