हिमालको टुप्पोमा पुगेर यस्तो तस्बिर सार्बजनिक गरे अनमोल र सुहानाले (तस्बिर/भिडियो सहित)

काठमाडौँ, १ चैत्र । चलचित्र ‘ए मेरो हजुर ३’ को ‘जिन्दगी नै भन्दिन’ बोलको गित सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य अभिनेता अनमोल केसी र नव-नायिका सुहानाको गहिरो प्रेमलाई देख्न सकिन्छ । भिडियोमा अभिनेत्री सुहाना निकै हट देखिएकी छिन् ।

अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर ३’ यसै वर्षको चैत्र २९ गते प्रदर्शनमा आउने छ । ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापाको प्रमुख भूमिका रहको छ ।

यो चलचित्रबाट सुहानाले नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन नेपाल र अमेरिकामा गरिएको हो ।

भिडियो हेर्नुहोस्-