एक महिलालाई शारिरिक सम्बन्धका लागी होटेलमा डाक्ने उपमेयरकी श्रीमान प्रहरी फन्दामा !

काठमाडौँ, १ चैत्र । बाराको सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाका श्रीमान जयन्त कुशवाहालाई १० दिन म्याद थप गरि थप अनुसन्धानका अगाडी बढाइएको छ ।

महिलालाई फोन गरी अश्लील कुरा गरेर होटलमा बोलाएको आरोपमा उपमेयरका श्रीमान पक्राउ परेका हुन् ।

उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाका अध्यक्षसमेत रहेका बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी निवासी ३९ वर्षीय कुशवाहालाई एक महिलालाई फोन गरी अश्लील कुरा गरेर शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा गत बुधबार पक्राउ परेकोमा थप अनुसन्धानका लागि म्याद गरिएको हो ।

होटेलमा भेट्न बोलाउने कुशवाहको प्रस्ताव स्वीकार गर्दै महिलाले प्रहरीलाई खबर गरेपछि गत फाल्गुण २९ गते होटेलबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीले जानकारी दिए ।

उनले करिब १ महिनादेखि ती महिलालाई आर्थिक प्रलोभन देखाई होटेलमा आफूसँग बस्न कर गरेको प्रहरी नायब निरीक्षक चौधरीले बताए । उता कुशवाहाका परिवारले भने उनलाई फसाउन सो षडयन्त्र गरिएको बताएका छन् ।

प्रहरीले महिलाको नाम खुलाएको छैन भने यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।