मनिषा कोईरालाले नेपाल ल्याएका गुलशन ग्रोवरसंग फोटो खिच्न युवतिहरुको हानाथाप, यस्तो सम्म देखियो (भिडियो)

गुलशन ग्रोवर बलिउडमा नाम चलेका कलाकार हुन् । उनलाई बलिउडका दर्शकले‘ब्याडम्यान’को नामबाट चिन्ने गर्छन् । गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । आफू अभिनीत पहिलो नेपाली सिनेमा ‘द म्यान फ्रम काठमाडौं’ को प्रचारका लागि मंगलवार दिउँसो काठमाडौं ओर्लिएका थिए ।

काठमाडौं ओर्लिएसँगै उनी फिल्मको प्रोमोसनमा जुटी जुटी रहेका छन् । फिल्म शुक्रबारबाट प्रर्दशनमा आएको छ । कार्यक्रममा आफू पहिलो पटक आफ्नो एकदमै मिल्ने साथी मनिष कोइरालासँग नेपाल आएको बताए । उनले भने – ’तपाईंहरुको देशकी अभिनेत्री मनिषा कोइराला मेरो सबैभन्दा मिल्ने साथी हुन् । उनैसँग म पहिलो पटक नेपाल आएको थिएँ । दोस्रो र तेस्रो पटक आफुले अभिनय गरेको नेपाली सिनेमाको प्रचारको लागी नेपाल आएको छु ।’

गुलशनले नेपाल आफुलाई सवैभन्दा मनपर्ने देश रहेको बताउँदै भने – ‘मलाई नेपालको सबै कुरा मनपर्छ । नेपाली खाना, नेपालको सुन्दरता, नेपालको कल्चर मनपर्छ ।’ उनले नेपालीहरु एकदम इमान्दार हुने पनि बताए । दर्शकहरुको अत्याधिक मागपछि गुलशनले आफ्ना चर्चित हिन्दी सिनेमाका डाइलगहरु पनि सुनाए ।

गुलशनसँगै पाटन दरवार स्क्वायरमा सिनेमाकी अभिनेत्री आना शर्मा, कलाकार शिशिर बाङ्देल लगायतका निर्माण टिमको उपस्थित थियो । सिनेमामा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको पनि अभिनय छ ।