बुगी उगीकी बिजेता कविता नेपाली र ‘डान्स प्लस’का फर्स्ट रनरअप सुजन पहिलो पटक देखिए एकसाथ (भिडियोसहित)

काठमाडौं, १ चैत्र । एपी वान एच डी ले प्रसारण गरेको नेपालकै पहिलो डान्स रियालिटी शो बुगी उगीकी बिजेता कविता नेपाली र भारतीय रियालिटी शो ‘डान्स प्लस’का फर्स्ट रनरअप सुजन मार्फा तामाङ पहिलोपटक एकसाथ देखिएका छन् ।

कृष्ण भट्टराई र मीना निरौलाको स्वरमा रहेको ‘केवल कारैमा’ बोलको गीतमा सुजन र कविता देखिएका हुन् ।

सार्वजनिक गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ । भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सुजन मार्पा तामाङका कोरियोग्राफी रहेको छ । चन्द्रागिरीमा छायांकन गरिएको भिडियोलाई चन्द्रागिरी हिल्स प्रालिले पनि सहयोग गरेको छ ।

भिडियो हेर्नुहोस्-