रणबिरलाई फाप्यो बर्ष २०१८ : फिल्म ‘सिम्बा’१०० करोडको क्लबमा सामेल हुँदै

एजेन्सी, १८ पुस । बलिउड अभिनेता रणवीर सिंहलाई बर्ष २०१८ निकै फापेको छ । दिपिका पादुकोणसंगको लामो प्रेम सम्बन्धलाई यसैवर्ष विवाहमा परिनत गारेका रणबिरको फिल्म ‘सिम्बा’ले बक्स अफिसमा पनि राम्रो कमाइ गरिरहेको छ ।

फिल्मले चार दिनमा ९६.३५ करोड रुपैयाँ कलेक्शन गरेको छ । ट्रेल एनालिस्ट तरण आदर्शका अनुसार फिल्म चाँडै सय करोड क्लबमा पुग्नेछ । रणवीर सिंहले आफ्नो करियरमा मात्र १४ फिल्ममा काम गरेका छन् । रणवीर निकै विलासी जीवन बिताउन मन पराउँछन् । उनीसँग करोडौं रुपैयाँका बंगला र कार छन् ।

रणवीरको गोवामा एक बंगला छ, जसको मूल्य ९ करोड रुपैयाँ हो । त्यसबाहेक मुम्बई गोरेगाँउमा उनको एउटा प्mलाट छ। जसको मूल्य दश करोड रुपैयाँ पर्छ । प्रभादेवी, मुम्बईमा सी–फेसिङ र एउटा फ्याट छ, जसको मूल्य १५ करोड रुपैयाँ पर्छ। दीपिका पादुकोणसँग विवाहपछि दीपवीरले मुम्बईमा एउटा ५० करोडको बंगला किनेका छन् ।

रणवीर सिंहले आफ्नो फिल्मी करियरमा मात्र १४ वटा फिल्ममा मात्र काम गरेका छन् । उनले २०१० मा रिलीज भएको फिल्म ‘ब्याण्ड बाजा बरात’ बाट बलिउडम डेब्यू गरेका थिए। त्यसबाहेक उनले लेडीज भर्सेस रिकी बहल । रामलीला । गुण्डे, दिल धड्कने दो, बाजीराव मस्तानी, पद्मावत, सिम्बालगायतका फिल्ममा काम गरेका छन् ।