स्वरूपराज आचार्यले सार्बजनिक गरे ‘हेर्दा हेर्दै’ गीत (भिडियोसहित)

काठमाडौं, १ चैत । चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको नयाँ गीत “हेर्दा हेर्दै”सार्वजनिक गरीएको छ ।

गीतलाई बिहिबार चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

चक्रपाणि तिमल्सिनाको शब्द र संगीत रहेको गीतमा कुमार थापाले संगीत संयोजन गरेका छन् ।

संगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मित्र लामा हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ पनि लामाले गरेका छन् । गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ । भिडियो सम्पादन किशोर खनालले गरेका छन् ।

भिडियो हेर्नुहोस्-