काव्य प्रवाहमा शान्ति र सद्भावको उद्घोष

काठमाडौँ, ३० फागुन । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज यहाँ ७७औँ शान्ति काव्य प्रवाह शान्ति र सद्भावको उद्घोष गर्दै सम्पन्न भएको छ ।

समाजको सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न काव्य प्रवाहको सञ्चालन कोषाध्यक्ष रामकृष्ण बरालले गर्नुभएको थियो । कवि रामबहादुर पहाडी, मेनुका पोख्रेल आचार्य, रत्ननिधि रेग्मी, ऋचा, आनन्दराम पौडेल, बाबुराम लामिछाने, जसध्वज गुरुङ, कुसुम शर्मा, शारदा पराजुली, डिल्लीप्रसाद मुलतिहुन, मदन कार्की, निर्मल पराजुली, रुद्र अधिकारी, सुशीला खड्का हसिना, भुवन शिवाकोटी, रवीन्द्र आशीस, उर्मिला पन्त पाण्डे, गगनदीप सर्व, पुन्य गौतम विश्वास, रचना दाहाल, ओमप्रकाश कोइराला, मुकुन्द न्यौपाने, शान्ति शर्मा, रश्मी रिमाल, भरत गुरुङ, आशोक घिमिरे, टी एन भट्ट, कृष्ण पहाडीसहित २८ कविले कविता, गजल र गीत प्रस्तुत गर्नुभएको थियो । रासस