साफ च्याम्पियनशीपः भूटान बंगलादेशसँग पराजित, नेपाल सेमिफाइनल प्रवेश
विराटनगर, ३० फागुन । नेपाल पाँचौ साफ महिला फुटबल च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत बिहिवार भएको खेलमा भूटान बंगलादेशसंग दुई शुन्य गोलले पराजित भएसँगै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बंगलादेशसंग २–० गोलले हारेसंगै भुटान प्रतिस्पर्धा बाटै बाहिरिएको छ । समूह ए मा नेपाल र बंगलादेशले ३-३ अंक पाएका छन् ।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा भुटान दबाबमा परेपनि बंगलादेशले कुनै गोल गर्न सकेको थिएन । तर दोश्रो हाफको ४७ औं मिनेटमा बंगलादेशकी मोसमत मिसरात जहान मौसमीले पहिलो गरेर बंगलादेशलाई अग्रता दिएकी थिइन् ।
दोश्रो हाफमा भूटान खेलको लयमा फर्किनुका साथै बंगलादेशलाई दबाबमा राख्ने प्रयास गरेको थियो । दोश्रो हाफको अन्तिम ८५ औं मिनेटमा बंगलादेशकी सबिना खातुनले दोश्रो गोल गरेर बंगलादेशको जीत सुनिश्चित गरेकी थिइन् ।
नेपालले भुटानलाई उद्घाटन खेलमा हराएको थियो । समूह ए अन्तर्गत नेपाल र बंगलादेश बीच शनिवार खेल हुदैछ । समूह बी अन्तर्गत भोलिको खेल माल्दिभ्स र श्रीलंका बीच हुदैछ ।
