मृगौला दिवसमा प्रधानमन्त्रीको सहभागीता (तस्वीरसहित)

काठमाडौं, ३० फागुन । आज बिहिबार विश्व मृगौला दिवस, यस दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीवार बिहान शिक्षण अस्पतालमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए ।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा प्रधनमन्त्री ओली पत्नी राधिका शाक्यसँगै सहभागी भएका हुन् ।