नायक शंकर लामिछानेको हिन्दी गीत ‘हर लम्हा’को म्युजिक भिडियोमा सालको पात टपरीको मरिस्काको दमदार अभिनय (भिडियो )

काठमाडौँ- शंकर लामिछानेको हिन्दी गीत ‘हर लम्हा’को नयाँ बर्ष २०१९ को अवसर पारेर म्युजिक भिडियो सार्वजनिक भएको छ।

लामो समय नेपाली गीत संगीत तथा चलचित्रमा निरन्तर संघर्ष गरी रहेका गायक,नायक शंकर लामिछानेको शब्द, संगीत रहेको उक्त गीतमा भारतका पाशर्व गायक निलेश सिंह र सहेवाको आवाजमा रहेको ‘हर लम्हा’ गीतमा गायक तथा नायक शंकर लामिछाने र नेपाली चर्चित नायिका मरिस्का पोखरेलको दमदार अभिनय देख्न सकिन्छ। भिडियोमा नेत्र गुरुगंको निर्देशन रहेको छ ।मिलन शंकरको छायांकन र सम्पादन नेत्र गुरुङ्ले गरेका छन्।

(भिडियो )