खोकी लाग्नु भाइरसको संक्रमण : आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्

काठमाडौं, १८ पुस । आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस् । खोकी लाग्नु भाइरसको संक्रमण हो । भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो । यसलाई फ्लु पनि भन्ने गरिन्छ ।

भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ । खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सय भन्दा बढी छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, कान्ति बाल अस्पताललगायत सरकारी एवं निजी अस्पतालमा उपचारका लागि आउने बढेको चिकित्सक बताउँछन् । निरन्तर खोकी लागिरहे आराम गर्न चिकित्सकको सुझाए छ ।

हाच्छिउँ गर्दा हावाको माध्यमद्वारा निरोगी व्यक्तिमा भाइरस सर्न सक्ने हुँदा रुमालको प्रयोग गर्न उनीहरूको सुझाव छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।