महिला साफ : आज बंगालदेश र भुटान भिड्दै, आजको खेलमा भुटान हारे नेपाल सिधै सेमिफाइनल पुग्ने

विराटनगर, ३० फागुन । साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजे बंगालदेश र भुटानबीचको खेल सुरु हुनेछ ।

भुटानको यो समूह चरणको अन्तिम खेल हो । यसअघि भुटानले उद्घाटन खेलमा आयोजक नेपालसँग ३–० गोलअन्तरको पराजय भोगेको थियो ।

आज हुने खेलमा बंगलादेशले भुटानलाई पराजित गरेमा समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टिमको छिनोफानो हुनेछ । यस्तो अवस्थामा नेपाल र बंगलादेशले समान एक–एक खेल खेल्नु अघि नै सेमिफाइनल यात्रा तय गर्नेछ ।

तर भुटानसँग बंगालदेश पराजित भएमा सेमिफाइनलको टुंगो अन्तिम खेलले लाग्ने छ । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्दैछन् ।