बन्दले प्रदेश ५ का १२ जिल्लामा सडक सुनसान !

बुटवल, ३० फागुन । सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश ५ का सबै जिल्लामा परेको छ ।

कर्णालीपछि विप्लवको गतिविधिप्रभावित क्षेत्र प्रदेश ५ का १२ वटै जिल्लामा बन्दको प्रभाव देखिएको हो ।

बन्दका कारण १२ वटा जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।

विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ ।