सरकारी चिकित्सकले सामूहिक राजीनामा दिंदै

काठमाडौँ, ३० फागुन । आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकहरुले सेवाबाटै राजीनामा दिने बताएका छन् ।

पटक–पटक धर्ना, जुलुस, बहिरङ्ग (ओपीडी) सेवा बन्दलगायतका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले सामुहिक राजीनामा दिने तयारी गरेका हुन्, आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले माग पूरा नगरे अब सरकारी सेवामा बसिरहनुको कुनै औचित्य नभएको बताए ।