चार स्थानमा भेटियो शकांस्पद बस्तु !

प्यूठान, ३० फागुन । प्युठान, हेटौंडा, पोखरा र बुटवलमा शकांस्पद बस्तु फेला परेको छ ।

प्युठानको स्वर्गद्धारी नगरपालीका ४ मा रहेको नगरपालीका कार्यालय अगाडी नै शकांस्पद बस्तु फेला परेको हो ।

सानो क्यानमा प्वाल पारेर तार जोडिएको बस्तु नगरपालीका कार्यालय अगाडी फेला परेको थियो । शकांस्पलद बस्तु बम हो या अन्य बस्तु हो भन्ने विषयमा जानकारि नभएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

शकांस्पद बस्तु बम भएको हुनसक्नेभन्दै नेपाली सेनाको बम डिस्पोजल समुहको टोली भर्खरै शकांस्पद बस्तु भेटिएको स्थानमा पुगेको छ ।

बिप्लब नेतृत्वको नेकपाले गरेको बन्द सगैं शकांस्पद बस्तु पनि विप्लव समुहले नै राखेको हुनसक्ने अाशंका प्रहरीकाे छ । नगरपालीका कार्यालय अगाडी बिहानै शकांस्पद बस्तु खतरा लेखेर राखिएको थियो ।

त्यस्तै पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडाकाे पशुपतिनगरमा पनि सेतो प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेकाे छ । साे बस्तु बम हुन सक्ने अाशंकामा डिस्पोजल टोलि त्यहाँ गएको छ ।

भर्खरै पोखराको सभागृह चोक र बुटवलको कालिका चोकमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंकामा नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको छ ।