नेपाल प्रहरीलाई सरकारको निर्देशन : हतियारसहित विप्लव समूहका नेता कार्यकर्ता भेटे गोलि ठोक्नु !

काठमाडौं, ३० फागुन । सरकारले विप्लव माओवादीको गतिविधि माथि प्रतिवन्ध लगाएको घोषणा संगै सुरक्षा निकायलाई हाई अर्लटमा रहन निर्देशन दिएको छ ।

नेपाल प्रहरीले विप्लव समूहलाई ‘अपराधी’ को संज्ञा दिई बुधबारबाट त्यस समूहका हरेक गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवद्ध सदस्य तथा सहयोगीहरूलाई पक्राउका लागि देशरभर सर्कुलर जारी गरिएको छ ।

विप्लव समूहका गतिविधिमाथि सूक्ष्म निगरानी राख्न प्रहरी जनशक्ति परिचालनका साथै प्रत्येक प्रहरी युनिट तथा कार्यालयहरूलाई उच्चसुरक्षा सतर्कता अपनाउन समेत निर्देशन दिइएको छ ।

राजनीतिक पार्टीको आवरणमा विप्लव समूहले चन्दा आतंक, धम्की, अपहरण, हतियार प्रदर्शन र सर्वसाधारणको ज्यान जाने गरी बम विस्फोटका घटना बारम्वार दोहोर्याउन थालेपछि सरकारले पछिल्लो कदम चाल्न बाध्य भएको बताइएको छ ।

नेपाल सरकारका विशिष्ट व्यक्तिको शान्तिसुरक्षामाथि नै धावा बोल्न थालेपछि विप्लव समूहमाथि प्रतिवन्ध लगाउन सरकार बाध्य भएको जनाइएको छ ।

सरकारले विप्लव समूहका सम्पूर्ण गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिएको छ । हतियार बोकेर हिँडेको फेला परे गोली हान्न समेत सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । बिना हतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालाई जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तालाई पनि उच्च निगरानी राख्न निर्देशन दिइएको छ ।