एक स्कुले छात्राको प्रधानमन्त्रीलाई प्रश्न – ‘प्रधानमन्त्री ज्यू निर्मला पन्तको हत्यारा कहिलेसम्म पक्राउ पर्छन ?’

काठमाडौं, १८ पुस । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै चौतर्फी आलोचना भैरहेको बेला एक छात्राले प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा प्रधानमन्त्री ओली स्तब्ध बनेका छन् ।

अंग्रेजी नया वर्ष अर्थात जनवरी १ तारिख मंगलबारका दिन नेपाल स्काउटले राजधानीम आयोजना गरेको ‘बालवालिकासंग प्रधानमन्त्री’ कार्यक्रममा साना वालवालिकाले शिक्षाका विषयमा एक दर्जन भन्दा बढी प्रश्न सोधेका थिए । तर त्यसमध्यमा प्रिमियर स्कुलकी छात्रा रश्मी थापाले प्रधानमन्त्रीसंग निर्मलाको बारेमा प्रश्न सोध्दा प्रधानमन्त्री स्तब्ध बनेका हुन् ।

ती छात्राको प्रश्न थियो – ‘प्रधानमन्त्री ज्यू म प्रिमियर स्कुलकी छात्रा रश्मी थापा, मेरो तर्फबाट तपाईलाई सोध्न चाहान्छु निर्मला पन्तको हत्याराहरु घुमिरहेका छन्। उनीहरुलाई सरकारले पक्राउ गर्न सकेन ? भविश्यमा यस्तो घटना नहोस भनेर सरकारले के सोचिरहेको छ। सरकारबाट हामीले कस्तो सुरक्षाको अपेक्षा गर्ने?’

उत्तरमा प्रधानमन्त्रीले भने – छोरीले सोधेको प्रश्नको उत्तर अत्यन्तै सान्दर्भिक छ । यो विषयमा देशमा मात्र होइन विदेशमा पनि ठूलो चर्चाको विषय बनेकोे छ। यसलाई केही राजनितिक पार्टीले ठुलो मुद्धा बनाएकोमा प्रधानमन्त्रीले चित्त दुखाएका थिए।

अत्यन्तै दुःखद यो घटना कहिल्यैपनि बिर्सन सकिदैन । म यो भन्न चाहन्छु बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा छिट्टै पक्राउ पर्नेछन । बलात्कारका घटना बेग्लै उपज हो, यो त मानवीय क्रुरताको पराकाष्ठा हो । हामी यो घटनाको छानविन गरिरहेका छौ प्रधानमन्त्री ओलीले भने ।
प्रहरीले हालसम्म भएका विभिन्न घटनाका ९५ प्रतिशत आरोपीलाई पक्राउ गरीसकेको छ । निर्मला पन्तका हत्याराहरुपनि उम्कन पाउने छैनन उनले भने ।

के गर्ने घटना मैले गरेको हो भनेर धेरैले भने तर उनीहरुको डिएनए मिलेन । धेरै व्यक्तीको डिएनए परीक्षण गरियो त्यो पनि मिलेन । नेपाल प्रहरीका प्रमुख नै टोली सहित घटनास्थल पुग्नुभएको छ । आशा गरौं हत्यारा पक्कै समातिने छ प्रधानमन्त्री ओलीले भने । शान्त मुलुकको परिकल्पना गरेको सरकारले यस्तो दुःखद घटनाका दोषी नसमातिएकाले आफुपनि चिन्तित भएको उनले बालकाललिकालाई जानकारी गराए ।

घटना भए लगत्तै प्रहरीले केही गल्ती गरेको देखियो । हामीले घटनाको सत्यतथ्य पत्ता लगाउन गुप्तचर प्रहरीको टोली खटाएका छौ उनले भने । प्रहरीको उच्च स्तरीय टोली पनि खटाएका छौ तर रिजल्ट आएको छैन समय लाग्ला तर दोषी उम्कदैन प्रधानमन्त्री ओलीले जिज्ञासु बिद्यार्थीलाई आश्वस्त पार्न खाजेका थिए ।

म पनि आश्चर्यचकित भएको छु प्रधानमन्त्री ओलीले भने– दोषी भनेर पक्राउ ग¥यो, डिएनए मिल्दैन यो विषयमा सरकार गम्भीर भएको छ । उनले दवाव र प्रभावको कारण स्वतः स्फुर्त अनुसन्धान गर्न नपाएको गुनासो गरे ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रममा विद्यार्थीले प्रधानमन्त्री ओलीको बाल्यकाल, विद्यालयमा सानो छदा विद्यार्थीको अनुभव, आफुले मनपराउने आदर्श व्यक्ति, नेपालबाट विदेशमा जाने नेपालीलाई विदेश जानबाट रोक्न के गर्न सकिन्छ ? समयमै पाठ्यपुस्तक नपाएर पढ्न नपाएका विद्यार्थीको अवस्था, सामुदायिक विद्यालयको गुणस्तर खस्कदै गएको अवस्था लगायतका विषयमा प्रश्न सोधेका थिए ।

प्रधानमन्त्री ओेलीले बिद्यार्थीले सोधेको प्रश्नको झण्डै दुई घण्टासम्म लगातार उत्तर दिएका थिए ।

कार्यक्रममा सेन्ट जेभियर्स स्कुल कालोपुलका विद्यार्थीद्धय एलिशा लुइटेल र दर्शन दाहालले कार्यक्रम संचालन गरेका थिए । सात सामुदायिक र सात सरकारी विद्यालयका विद्यार्थी कार्यक्रमा सहभागी भएका थिए ।