फिल्म ‘द म्यान फ्रम काठमाडौं’को प्रमोसनका लागि चर्चित बलिउड कलाकार गुल्शन ग्रोवर काठमाडौं आइपुगे, चलचित्रकी नायिका आना शर्मासँग अटाए एउटै फ्रेममा ! (फोटोफिचर)

काठमाडौं, २९ फागुन । फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोसनका लागि बलिउड अभिनेता गुल्सन ग्रोबर काठमाडौं आइपुगेका छन् ।

उनि आजै बुधबार काठमाडौं आइपुगेका हुन् । उनले पाटन दरबार स्क्वायरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै उनले नेपाली, नेपालको संस्कृति र नेपालको खाना समेत आफुलाई निकै मनपर्ने बताए ।

‘म पहिलो पटक मेरो साथी अभिनेत्री मनिषा कोइरालासँग नेपाल आएको थिए’ उनले भने ‘दोस्रो पटक ‘द म्यान फ्रम काठमाडौं’ सुटिङमा आए ।’ तेस्रो पटक आफुलाई नेपाल ल्याउने काम फिल्मका निर्माता नक्किम उदीनले गरेको उनले बताए । ‘म अहिले फिल्मको प्रचार गर्न, फिल्मको रिलिज मिति बताउन र प्रिमियरमा सँगै फिल्म हेर्न काठमाडौ आएको हो’ उनले थपे ।

हरियो कोट, कोट भित्र हरियो नै टिसर्ट र जिन्स पाइटमा सजिएर आएका गुल्सनले फिल्मको हिरोइन आना शर्माको सौन्दर्यको समेत वर्णन गरे । उनले आफ्ना केही हिन्दी फिल्मका चर्चित डाइलग सुनाएर दर्शकहरुलाई मोहित समेत पारेका थिए ।

कार्यक्रममा गुल्सनले दर्शकसँग तस्बिर खिचाउनुको अलवा दर्शकलाई प्रश्न सोधेर फिल्मको लोगो अंकित टिसर्ट र प्रिमियरको टिकट समेत बाँडे । कार्यक्रममा फिल्मका कलाकार जोसे म्यानुअल, आना शर्मा, शिशिर बाङ्देल, निर्देशक पेमा धोन्डुप र निर्माता नक्किन उपस्थित रहेका थिए ।

चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘द म्यान फ्रम काठमाडौं’ पाँच करोड लगानीमा निर्माण भएको नेपालमा बनेको अङ्ग्रेजी फिल्म हो ।

उनले पाटनमा खिचेका केहि तस्बिर हेर्नुहोस्-