७ बर्षकी सानी छोरीलाई भद्दा मेकअप गरिदिंदा ऐश्वर्यामाथि बर्षियो गाली !

मुम्बई, २९ फागुन । व्यवसायी तथा एसियाकै धनी मुकेश अम्बानीका छोरा आकाश अम्बानीको बिहेको रिशेप्सनमा उपस्थित भएका सेलिब्रेटीमध्ये यतिबेला चर्चामा छिन्, ऐश्वर्याकी ७ वर्षीया छोरी आराध्या । आराध्या उनका पिता अभिषेक बच्चन र आमा ऐश्वर्यासँग उक्त वैवाहिक समारोहमा उपस्थित भएकी थिइन् ।

आराध्याको अनुहारमा मेकअप स्पस्ट देखिएको थियो । आराध्याले पहिलो पटक क्यामेराको अगाडि रमाइला पोज दिइन् । तर, उनको पोज र मेकअप अहिले ट्रोल बनिरहेको छ । सामाजिक सञ्जालमा उनका फ्यानहरुले छोरीको मेकअपको कारण ऐश्वर्यालाई गाली गरिरहेका छन् ।

यसै क्रममा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘ऐश्वर्या, यति कम उमेरकी बच्चालाई कसले मेकअप गराइदिन्छ ? उनलाई उनको बचपनमा जिउन देउ ।’

साथै अर्का एक जनाले लेखेका छन्, ‘यी सेलिव्रेटीहरु जे पनि गर्छन् ।’ अर्काले लेखेका छन्, ‘ऐश्वर्या, हामी तपाईंलाई एक असल आमाको रुपमा हेर्छौ तर हामीलाई लाग्दैन कि यति कम उमेरकी छोरीलाई ग्ल्यामर दुनियाँमा लैजान उचित हुन्छ ।’

आकाश अम्बानीको रिसेप्शनमा अभिषेक, आराध्या र ऐश्वर्याले थुप्रै पोजमा तस्बिर खिचाएका थिए । आराध्याले तस्बिर खिचिरहेका फोटोग्राफरको नजिक गएर ‘अब पुग्यो ।’ भनेपछि सबै हासेँका थिए ।