विदेशीबाट पैसा पठाउँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको दर (सुचिसहित)

काठमाडौँ, २९ फागुन । नेपाली बजारमा केहि दिनयता अमेरिकी डलरको मूल्य लगातार ओरालो लाग्ने क्रम जारि छ । साताको चौथो दिन बुधबार पनि अमेरिकी डलरको मूल्य ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४४ रुपैयाँ ७४ पैसा छ भने बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा छ ।

यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तालिकामा हेर्नुहोस् –