सरकारले विप्लव समूहमाथि प्रतिबन्धि लगाउनसाथ सबै नेता भूमिगत

काठमाडौं, २९ फागुन । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएसँगै सबै नेता  भूमिगत भएका छन् ।

सर्वसाधकारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराएको एक मन्त्रीले जानकरी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समुहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था सृजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताएका थिए ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकाले सरकार प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको ती मन्त्रीको दावी थियो ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो ।