भारतीय सेनामा भर्ती हुनका लागि पोखरामा भेला भए २६ जिल्लाका युवा

पोखरा, २९ फागुन । भारतीय सेनामा भर्ती हुन पोखरामा २६ जिल्लाका युवा युवाहरु जम्मा भएका छन् ।

पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो ।

भर्ती प्रकृया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् । निर्धारित परीक्षा उत्र्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीले बताएका छन् ।

यो प्रकृयाबाट वर्षेनी २५ सयदेखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको छ ।