सीमा क्षेत्रको विकास गरिने

महोत्तरी, २८ फागुन। सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल–भारत सीमा क्षेत्रका नेपाली भूमिमा राम्रो विकास गरेर देखाउने बताउनुभएको छ ।

मङ्गलबार महोत्तरीको सम्सीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सम्सी कार्य समितिले आयोजना गरेको वृहत्त कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सीमा क्षेत्रको विकास गर्नैका लागि सरकारले तराई मधेश समृद्धि कार्यक्रम ल्याएको बताउनुभयो ।

प्रदेशसभा सदस्य भरतप्रसाद साहले अहिले जय मधेशका नारा लगाउनेहरु नै भ्रष्ट भएकाले प्रदेश नं २ मा पनि नेकपाको सरकारको आवश्यकता देखिएको धारणा राख्नुभयो । रासस