पुर्णकला विस र लेखनाथ बस्नेतलगायतका कलाकारले निकाले भष्ट्राचारको विरुद्धको गीत “सुन सरकार सुन” (भिडियोसहित)

काठमाडौँ, २८ फागुन । नेपालमा पछिल्लो समय भएका विकृती विसङ्गीको विरुद्ध लुट कान्छ लुटपछि अर्को गीत पनि सार्बजनिक भएको छ ।

लेखनाथ शर्माको शब्द तथा लय सिर्जनामा रहेको सुन सरकार सुन बोलको गीत सार्वजनिक भएको हो ।

पुर्णकला विस, लेखनाथ बस्नेत, राजकुमार नेपाली, रमेशबाबु थापा र राम चन्द्रको संयुक्त आवाज रहेको सो गीत सार्वजनिक भएको हो ।

बढ्दो भष्ट्राचार, बलात्कारको विषयमा रचना गरिएको सुन सरकार सुन बोलको गीतलाई सागर सिंह ठकुरीले निर्देशन गरेका छन् भने सोनिया, टिकाराम, सम्भु र लेखनाथको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्-