सरकारले सीके राउतसँग गरेको ११ बुँदे सहामतिविरुद्ध मातृभूमि संरक्षण नेपालले गर्यो राजधानीमा प्रदर्शन

काठमाडौं, २८ फागुन । सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै राजधानीमा प्रदर्शन गरिएको छ ।

उक्त सहमतिको विरोश गर्दै मातृभूमि संरक्षण नेपालले मंगलबार राजधानीमा प्रदर्शन गरेको हो ।

देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सरकारले सहमति गर्दै मुलधारको राजनीतिमा प्रवेश गराएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

प्रदर्शनकारीहरुले राउतसँगको सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

हनुमानढोकाबाट निकालिएको र्‍याली नयाँसडक, भद्रकाली हुँदै माइतीघर मन्डलामा पुगेर टुंगिएको थियो ।