सधै हासीरहने सेक्युरिटीवाली हेमा राई अन्तरबार्तामै धुरु-धुरु रोईन,सुनिलले यसरी मन बुझाई दिए (भिडियो)

काठमाडौँ। सामाजिक संजाल युट्युबबाट निकै भाइरल भएकी धरानकी २२ बर्षिया सेकुरिटी गार्ड हेमा राई पहिलो म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी छिन् । करिब ३/४ महिना देखि ठमेलको एक होटेलमा सेकुरिटी गार्डमा कार्यरत हेमा निकै सकारात्मक सोच,निडर शाहासी नारीको प्रतिकको रुपमा चिनिएकी छिन ।

विभिन्न सामाजिक संजाल युट्युबमा छाउन थालेपछि उनलाई पहिलो म्युजिक भिडियोमा गायक तथा संगीतकार जिविहाङ्ग राईले अफर गरेपछि भिडियोमा उनले अभिनय गर्ने मौका पाएकी हुन् । साथै भिडियोमा हेमाले पहिलो पटक अभिनय गरेपनि निकै राम्रो गरेकी गायक जिविहाङ्ग राईले बताए ।

डेनी लिम्बुको शव्द र जिविहाङ्ग राईको संगीतमा सुनिल छिदालको स्वरमा रहेको “मैना रानी”गीतको बोलमा सेकुरिटी गार्ड हेमा राई र अर्का सेकुरिटी गार्ड गर्दा गर्दै चर्चित भएका नव-गायक सुनिल छिदालले नै अभिनय गरेका छन्। भिडियोमा मैना रानी र राजाको प्रेम कथालाई समेटिएको छ । चर्चित गायक तथा संगीतकार जिविहाङ्ग राईको निर्दशनमा मनोज राईले भिडियो खिचेका छन् ।

यसै म्युजिक भिडियोको बारेमा मेरो अनलाइन टिभीले गरेको एक अन्तरबार्तामा गायक सुनिल छिदालले हेमाको जीवन कथालाई समेटेर बनाएको गीत सुनेर हेमा धुरु-धुरु रोएकी छिन। हेर्नुहोस भिडियो: