ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

सल्यान, २८ फागुन । जिल्लाको श्रीनगरबाट लुहाम तर्फ हिँडेको रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

उक्त ट्याक्टर सोमबार राति ८ बजे शारदा नगरपालिकामा पर्ने शान्तिनगरमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी शारदा नगरपलिका १२ का २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ का १४ वर्षीय अम्बर बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनाग्रस्ट ट्याक्टर सडकबाट करिब ५० मिटर तलको खेतमा पुगेको थियो ।